१४ मंसिर २०८१, शुक्रबार
नक्कली आईडी बनाइ सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।
जीबी राई ‘हत्या’ सम्बन्धमा छानबिन होस् भनि नेपाल प्रहरीको वेबसाइटमा भिडिओ पठाएपछि खनाललाई पक्राउ गरिएको जिल्ला परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले फेक आईडीबाट सो भिडिओ पठाएको छानबिनबाट खुलेको प्रहरीको भनाइ छ । खनालले जीबी राईलाई गृहमन्त्री र प्रहरी प्रमुखले मारिसके जस्ता भ्रामक र अतिरञ्जित अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।
उनीमाथि अनुसन्धानका लागि ३ दिन समय थपिएको छ । खनाल केही समयअघि पनि पक्राउ परेका थिए ।