राष्ट्रपतिसमक्ष उपचुनावको परिणामसहितको प्रतिवेदन पेश

होमल्याण्ड खबर

२०८१ बैशाख २० गते, बिहीबार १२:४० मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् ।

यही वैशाख १५ गते शनिबार इलाम २ मा प्रतिनिधिसभा र बझाङ प्रदेशसभाको उपचुनाव भएको थियो ।