२९ फाल्गुन २०८२, शुक्रबार
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्षले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनसहित प्रदेश सभाको बैठक शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको छ । तर, नाउपा-रेशम पक्षले भने मत नदिन ह्वीप जारी गरेको हो ।


त्यहाँ रञ्जिता पक्षका कैलाश चौधरी र टीका थापा क्रमश: भौतिक पूर्वाधार विकास र कृषिमन्त्री छन् ।
