डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

होमल्याण्ड खबर

२०८१ बैशाख २३ गते, आईतवार १०:२९ मा प्रकाशित

डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा धादिङका ४० वर्षीय चालक धीरज थापामगर र २७ वर्षीय विष्णु विकको मृत्यु भएको उक्त कार्यालयका सूचना अधिकारी कुसुम नायकले बताए । उनीहरूको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको हो ।

धादिङकै ३१ वर्षीय सुदीप विक र डडेलधुराका २८ वर्षीय हिक्मत विक घाइते छन् । सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । रासस