जनता समाजवादी पार्टी फुट्यो,अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन

होमल्याण्ड खबर

२०८१ बैशाख २३ गते, आईतवार १७:४६ मा प्रकाशित

जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन्, उनीहरुमध्ये ७ सांसद निर्वाचन आयोग पुगेका सांसद प्रदीप यादवले जानकारी दिए ।

निर्वाचन आयोग पुग्नेमा अशोक राई, नोबलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।

त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका २७ सांसदले पनि राई समूहलाई साथ दिएका छन् ।