२ मंसिर २०८१, आईतवार
निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ ।
राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए।
आइतबार अशोक राईसहितका ७ जना सांसदले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेलामा पार्टी विभाजन गर्ने प्रयास भएको हो ।
पार्टी विभाजनमा राईलाई सांसदहरु प्रदीप यादव, रञ्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खान र नवलकिशोर साह सुडीले साथ दिएका छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।
राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ । आयोगले नयाँ लको नाम जनता समाजादी पार्टी ९जसपा० कायम गरिदिएको छ ।