सभामुखले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक

होमल्याण्ड खबर

२०८१ बैशाख ३० गते, आईतवार ११:०४ मा प्रकाशित

सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य(प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका छन् ।

नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठक आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।