१३ मंसिर २०८१, बिहीबार
कामीरिता शेर्पाले २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको आरोहण टोलीका तासी लाक्पा शेर्पाले बताए ।
उनले गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सोलुखुम्बुका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा सुरु गरेका थिए । ५४ वर्षीय शेर्पा सबै भन्दा धेरै सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।
उनले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्से, मनास्लुलगायतका हिमालको समेत आरोहण गरेका छन् ।