२९ फाल्गुन २०८२, शुक्रबार
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा बिच आज बिहान कोइरालाको सचिवालय बिशालनगरमा भेटघाट भएको छ । नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट हो।
भेटघाटमा कोइराला र थापा बिच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो ।


भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी समेत गराए ।