उपेन्द्र यादवले दिए पदबाट राजीनामा

होमल्याण्ड खबर

२०८१ बैशाख ३१ गते, सोमबार ११:४९ मा प्रकाशित

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। उनले राजीनामा बुझाइसकेको जानकारी दिए।

जनता समाजवादी नेपाल पार्टी फुटाउन भूमिका खेलेको भन्दै उनीप्रति प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए। प्रधानमन्त्रीले आइतबार उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट राजीनामा दिन निर्देशन दिएका थिए।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले विगत दुई महिनादेखि पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारमा थिए। जसपा नेपाल छोडेर अशोक राईसहित ७ जना सांसदले नयाँ पार्टी (जनता समाजवादी ) पार्टी गठन गरेका छन्।