एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरी फर्किरहेकी युवतीको मृत्यु

होमल्याण्ड खबर

२०८१ जेष्ठ १ गते, मंगलवार १०:३२ मा प्रकाशित

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् । एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।