१३ मंसिर २०८१, बिहीबार
प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।
सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए ।
कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन बाटो छेकेर नाराबाजी गरिरहेका थिए । त्यही बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अरु सांसदहरुले लामिछानेलाई रोष्ट्रममा जान आग्रह गरे र कांग्रेस नेताहरुसँग विवाद गरे ।