सीआईआई कन्म्याक–२०१८ आयोजना हुँदै

होमल्याण्ड खबर

२०७५ मंसिर ४ गते, मंगलवार १२:१४ मा प्रकाशित

भारतीय उद्योग परिसंघ (सीआईआई), नेपालको सबैभन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी सीआईआई कन्म्याक–२०१८ को आयोजनाका लागि जुटेको छ । प्रदर्शनी भक्तपुरको सल्लाघारीस्थित ओपन ग्राउन्डमा २२ देखि २४ नोभेम्बर २०१८ सम्म आयोजना हुनेछ । तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकहरूले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् ।

यो प्रदर्शनीको देशभरबाट १० हजार भन्दा बढी व्यवसायिक अवलोकनकर्ताहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ । यो प्रदर्शनी नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा आयोजना हुन लागेको हो । प्रदर्शनी एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफियर्ससँगको परामर्शमा आयोजना हुन लागेको हो । जसमा नेपाल निर्माण व्यवसायी महासंघको सहयोग छ ।

भारत सरकारको सहभागितामा आयोजना हुने सीआईआई कन्म्याक–२०१८ नेपालको पूर्वाधार क्षेत्रको तीव्र विकासका लागि ठूलो अवसर हुनेछ । यस्तो प्रकारको प्रदर्शनीलाई विश्वस्तरको निर्माण उपकरण सामाग्रिहरू एकै स्थानमा प्रदर्शित गर्ने एउटा बलियो प्लेटफर्मको रूपमा लिइएको छ । नेपालले कुशल जनशक्तिको ठूलो कमी सामना गरिरहेको अवस्थामा यो प्रदर्शनीले निर्माण व्यवसायीलाई हाल अन्तर्राष्ट्रियस्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिई सहयोग पुर्याउने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । साथै यस प्रदर्शनीले विश्वस्तरको इन्फ्रास्ट्रक्चर निर्माताहरूसँग अवसर र चुनौतीहरूका विषयमा सहभागीहरूलाई छलफल र संवादको अवसर पनि उपलब्ध गराउनेछ । प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्री एवं उपकरणहरू सँगसँगै उपलब्ध हुनेछन् ।

यसको अतिरिक्त प्रदर्शनीले निर्माण व्यवसायीहरूका लागि नविनतम प्रविधि र क्षमता अभिवृद्धिमा सघाउ पु¥याउनेछ । साथै उनीहरूले उपकरण निर्माताहरूद्वारा प्रदान गरिने विशेष अफरहरूको फाइदा लिन सक्नेछन् । प्रदर्शनीले विभिन्न सहभागीहरूलाई निर्माण सम्बद्ध मसिनरी र प्रविधिलाई तुलना गर्न व्यवसायीलाई मद्दत पु¥याउनेछ र निर्माण उपकरणको खरीदमा निर्णय लिन र फाइनान्सको सुविधा लिन सघाउनेछ ।
काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईआई कन्म्याक–२०१८ तथा एमएडब्ल्यू अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले विश्वस्तरीय निर्माण उपकरणहरू एकै स्थानमा अवलोकन गर्नका लागि यस प्रदर्शनी अद्वितीय प्लेटफर्मका रूपमा रहने बताए ।

उनले भने, “यस कार्यक्रमको भव्यता र सभ्यताले नेपालमा आयोजना हुने अन्य प्रदर्शनीको स्तर बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ । यो कार्यक्रम नेपालमा हुने प्रदर्शन व्यवसायमा नयाँ कोसेढुंगा नै सावित हुनेछ । त्यस्तै, सीआईआई कन्म्याक–२०१८ का सदस्य तथा एफजी इन्कर्पोरेटेड प्रालिका निर्देशक केदार लामिछानेले पत्रकार सम्मेलनमा उपस्थित हुनेहरूको स्वागत गर्दै सो कार्यक्रमको महत्वको बारेमा प्रकाश पारे । उनले नेपाल र भारतबीचको सम्बन्धका साथसाथै व्यापारको आयतन, प्रदर्शनीको व्यापक सम्भावना र सीआईआई कन्म्याकले पार्ने सकारात्मक प्रभावबारे जानकारी दिए ।
नेपाल निर्माण ब्यवसायी महासंघका उपाध्यक्ष एडी लामाले कार्यक्रममा सहभागि पत्रकारहरूलाई धन्यवाद दिँदै नेपालका निर्माण ब्यवसायीहरूलाई यो प्रदर्शनीको महत्वको बारेमा जोड दिनए । उनले निर्माण ब्यवसायीलाई यो प्रदर्शनीमार्फत विभिन्न प्रविधि तथा उपकरणको तुलना गर्न र खरीदको निर्णय लिनका लागि सजिलो हुने बताए ।

नेपालमा निर्माण उद्योगको तीव्र वृद्धि एवं व्यावसायिक अवसरहरूको प्रवाहका लागि सीआईआई कन्म्याक–२०१८ फलदायी हुनेछ । जसले देशमा व्यावसायिक वातावरण निर्माण गर्ने सबैभन्दा बलियो आधार प्रदान गर्नेछ । यसले नेपालको इन्फ्रास्ट्रक्चर र निर्माण परिदृश्यको विकासका लागि एक नयाँ मार्गनिर्देशन गर्दै जानेछ । ओर्जिनल इक्विपमेण्टका निर्माताहरूले यस क्षेत्रमा संरचनाको तीव्र विकासमा जोड दिएका छन, यसर्थ यो क्षेत्रको निर्माणका लागि नवीनतम मसिनरी र टेक्नोलोजीलाई विस्तार गर्न आवश्यक छ ।

सीआईओ कन्म्याक २०१८ नेपाल संस्करण नेपाली बजारमा निर्माण उपकरण उद्योग प्रदर्शनका लागि सबैभन्दा व्यापक प्लेटफर्म हुनेछ । प्रदर्शनी निर्माण उपकरण र त्यसका पाटपुर्जाहरू, ओइएम निर्माताहरूमा शाखा कार्यालयहरू सञ्चालनगर्न र नेपालमा आफ्नो डिलर आधार विस्तार गर्नका लागि यो प्रदर्शनी एक राम्रो अवसर हुने जनाइएको छ ।