९ मंसिर २०८१, आईतवार
काठमाडौं । सरकारले ऊर्जा क्षेत्र विकासका लागि रू ५० अर्व ७४ करोड विनियोजन गरेको जानकारी दिएको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।
उनले प्रशारण क्षेत्रको राइट अफ वे का लागि आवश्यक जग्गाको छुट्टै कित्ता तयार गर्ने र जग्गा धनीलाई सेयर प्रदान गर्ने बताए ।