सरकारले विमानस्थल सार्वजनिक निजी साझेदारीमा बनाउने

होमल्याण्ड खबर

२०८१ जेष्ठ १५ गते, मंगलवार १५:४८ मा प्रकाशित

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आगामी आर्थिक वर्षमा लगानीको ढाचा र पूर्व तयारी कार्य सम्पन्न गर्ने बताएको छ । विमानस्थल सार्वजनिक निजी साझेदारीमा बन्ने सरकारले बताएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।

उनले भरतपुर विमानस्थल विस्तार कार्य आगामी वर्ष सम्पनन गर्ने र यसका लागि ३६ करोड विनियोजन भएको बताए । यस्तै, सुर्खेत विमानस्थलको स्तरउन्नती गर्ने, रोल्पाको बडाचौर दाङको टरिगाङ, जुम्ला विराटनगर घनगढी र नेपालगन्ज विमास्थलको स्तरउन्नती गरिने पनि बताए ।

अर्थमन्त्री पुनले नागरिक उडययन पूर्वाधार तर्फ रु ३ अर्ब ७७ करोड विनियोजन गरेको बताए ।