८ मंसिर २०८१, शनिबार
सकारले रेल मार्गको विकास लागि रू तीन अर्ब ८८ करोड विनियोजन गरेको छ ।
मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए ।
जयनगर वर्दीवास रेलमार्ग अन्तर्गत डिजलपुरा वर्दीवास खण्ड तथा वथनाह विराटनगर खण्डमा जग्गा प्राप्तीको कार्य सम्पन्न गरिने उनले बताए । यस्तै पूर्व पश्चिम रेल मार्गको वर्दीवास चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने पनि उनले जानकारी दिए ।
यसै वर्ष केरूङ काठमाडौं रेलमार्ग संभाव्यता अध्ययन सम्पन्न गरिने पनि उनले बताए ।