१ मंसिर २०८१, शनिबार
सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् ।
बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए ।
१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेकाे नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।
आजको ऐतिहासिक खेललाई नेपालले स्मरणयोग्य बनाउन हर सम्भव मिहेनत गर्नेछ ।
यी दुई टोलीले अहिले १२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा नेदरल्यान्ड्सले ६ र नेपालले ५ खेल जितेको छ। एक खेलको नतिजा आएको छैन।