विराटनगरका शरीरमा आगो लगाएका पुरुषको मृत्यु

होमल्याण्ड खबर

२०८१ जेष्ठ २४ गते, बिहीबार १५:३१ मा प्रकाशित

पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका विराटनगरका एक जना पुरुषको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको उपचारका क्रममा बिहीबार दिउँसो १ बजेतिर मृत्यु भएको हो। उनले विराटनगर–७ हरियाली टोलमा मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका थिए।

गम्भीर घाइते भएका कामतको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार आगोले कामतको शरीरको ७० प्रतिशत भाग जलेको थियो। घटनाको अनुसन्धान भइरहेको जानकारी बस्नेतले दिए।

उनका अनुसार कामतले आफैंलाई आगो लगाउनुको कारण खुल्न बाँकी छ। उनी केही समयदेखि पारिवारिक तनावमा रहेको प्रहरीले जनाएको छ।