काँग्रेसका बरिष्ठ नेता पौडेल र चिनियाँ राजदुत होङबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७५ मंसिर ६ गते, बिहीबार १२:२२ मा प्रकाशित

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदुत यु होङबीच भेटवार्ता भएको छ ।

बरिष्ठ नेता पौडेल र राजदुत होङबीच शुक्रबार बिहान पौडेल निवासमा करिब १ घण्टा भेटवार्ता भएको हो ।

भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र नेपालको विकासमा चिनियाँ सहयोग लगायतका बिषयमा छलफल भएको बरिष्ठ नेता पौडेलका नीजि सचिव चिरन्जिबी अधिकारीले जनाएका छन् ।

राजदुत होङको कार्यकाल सकिएको र स्वदेश फिर्ता जानुपूर्व उनको बिदाइ भेट भएको बताइएको छ ।