बजेट खर्च गर्ने संयन्त्रमा ख्याल गर्नुपर्छ : गभर्नर अधिकारी

होमल्याण्ड खबर

२०८१ जेष्ठ ३० गते, बुधबार ११:१० मा प्रकाशित

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट खर्च गर्ने संयन्त्रमा ख्याल गर्नुपर्ने बताएका छन् ।

इकानोमिक मिडिया सोसाइटी नेपाल(इम्सन)ले आयोजना गरेको ‘पोष्ट बजेटः अ होलिस्टिक डिस्कोर्स’मा बोल्दै गभर्नर अधिकारीले बजेट ल्याउने सन्दर्भमा सरकारले इमान्दारीताको प्रयास गरेको भन्दै खर्च गर्ने संयन्त्रमा अलि ख्याल गर्नुपर्ने बताएका हुन् । बेलैमा खर्चको सुरुवात भयो भने जुन टार्गेट ६ प्रतिशतको ग्रोथ बजेटले लिएको छ, त्यो पुरा हुने उनले विश्वास व्यक्त गरे ।

उनले भने, ‘सबैभन्दा बढी महत्वपूर्ण पक्ष नीजि क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ ? भन्ने कुरालाई बजेटमा बारम्बार प्रस्ताव गरिएको छ । नीजि क्षेत्रको अरु धेरै मागहरु महत्वपूर्ण छन्, रिसिभेबल सम्बन्धमा र त्यसलाई ऐन नियम बनाएर एड्रेश गर्ने भन्ने छ । त्यसैगरी, सूचना प्रविधिसँग सम्बन्धित प्रविधि केन्द्र बनाउने, पार्क बनाउने, हब बनाउने भन्ने बिषय पनि बजेटमा महत्वका साथ समावेश गरिएका छन् । तर, जुन टार्गेट ६ प्रतिशतको ग्रोथ बजेटले लिएको छ, त्यो पुरा गर्न खर्च गर्ने संयन्त्रमा अलि ख्याल गर्नुपर्नेछ । बेलैमा खर्चको सुरुवात भयो भने त्यो पुरा हुन्छ ।’