टी २० विश्वकप : नेपाललाई दुवै खेल जित्नै पर्ने दवाव

होमल्याण्ड खबर

२०८१ असार १ गते, शुक्रबार १०:५७ मा प्रकाशित

टी २० विश्वकपमा सुपर ८ को दौडबाट श्रीलंका बाहिरिएको छ । हिजो भएको खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई हराएसँगै श्रीलंकाको सम्भावना समाप्त भएको हो ।

दुई खेलमा हार र एक खेल वर्षाले रद्द भएपछि श्रीलंका लगभग आउट भइसकेको थियो । बंगलादेश र नेदरल्यान्ड्स बीचको खेल रद्द भएको भए मात्र श्रीलंकाको सम्भावना प्राविधिकरूपमा जिवित रहन सक्थ्यो । खेलमा जितहार भएसँगै श्रीलंका बाहिरिएको हो । अब अन्तिम खेलमा नेदरल्यान्डसँग जे भए पनि उसलाई फरक पर्ने छैन ।

नेपालको समूहमा साउथ अफ्रिका सुपर ८ मा पुगिसकेको छ । श्रीलंका आउट भएपछि अब बंगलादेश, नेपाल र नेदरल्यान्डसमध्ये एक टीम सुपर ८मा जानेछन् । बंगलादेशले ३ खेलमा दुई जितसहित ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । अन्तिम खेलमा नेपाललाई जित्यो भने बंगलादेश सुपर८ मा पुग्ने छ ।

नेदरल्यान्डसले तीन खेलमा एक जित र दुई हारसहित २ अंक जोडेको छ । एक खेल हारेको नेपाल र एक नो रिजल्टको सहायताले एक अंक बटुलेको छ । यदि नेपालले बाँकी दुई खेलमा स्पष्ट जित हासिल गर्न सकेमा बंगलादेश र श्रीलंकालाई रोक्दै सुपर ८ मा पुग्नेछ।

तर एक खेलमा पराजित भयो भने पनि नेपालको सम्भावना समाप्त हुन्छ । नेपालको साउथ अफ्रिकासँगको खेल रद्द भएर अन्तिम खेलमा बंगलादेशलाई हरायो भने नेट रनरेटका आधारमा निर्णय हुन्छ ।

यता, नेदरल्यान्डससँग अन्तिम खेलमा श्रीलंकासँग पराजित भएमा वा खेल रद्द भएमा बाहिरिनेछ । जितेको खण्डमा नेट रन रेटबाट निर्णय हुनेछ । नेपालले भोली साउथ अफ्रिकासँग र सोमबार बंगलादेशसँग खेल्दैछ । नेपालका लागि दुवै खेल ञगर वा मरझ हुनेछन् ।