९ मंसिर २०८१, आईतवार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । इन्धन पाइन छाडेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा आइतबारदेखि सवारी साधनका लाइन लागेका छन् ।
भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प, नक्सालस्थित प्रहरीको पम्पलगायतका स्थानमा अहिले सवारीको ताँती नै देख्न सकिन्छ । निजी पेट्रोल पम्प भने आइतबारदेखि नै बन्द रहेका छन् ।
नेपाल आयल निगमका अनुसार शनिबारदेखि नै ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको थियो । त्यसपछि
चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन ।