१२ मंसिर २०८१, बुधबार
६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।
आइतबार राति बौद्ध तीनचुलेबाट तिब्बतीयन मूलका चिनियाँ नागरिक सोनाम गुरुङ पक्राउ परेका हुन् ।
पक्राउ परेका गुरुङको साथबाट ६ किलो सुन र ४८ लाख बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का प्रवक्ता एसपी होविन्द्र बोगटीले लोकान्तरलाई जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको बोगटीले बताए ।