आज सुनको मुल्य स्थिर

होमल्याण्ड खबर

२०८१ असार ५ गते, मंगलवार ११:४५ मा प्रकाशित

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।