थ्री स्टारविरुद्ध पहिलो हाफमा मनाङलाई २ – ० को अग्रता

होमल्याण्ड खबर

२०७५ मंसिर ६ गते, बिहीबार १६:३३ मा प्रकाशित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत अहिले सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङले थ्री स्टारविरुद्ध २ – ० को अग्रता बनाएको छ ।

मनाङका लागि अन्जन बिष्टले एक गोल गर्दा एक मनाङले एक आत्मघाती उपहार पाएको हो ।

खेलको ११ औं मिनेटमा अन्जन बिष्टले उत्कृष्ट गोल गर्दै मनाङलाई १ – ० को अग्रता दिलाए । हेमन गुरुङको पासमा अन्जनले सेकेण्ड बार च्याप्दै उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि खेलको १९ औं मिनेटमा थ्री स्टारका विजय धिमालले आत्मघाती गोल गरे । थ्री स्टारका किपर एलेन न्यौपानेले क्लियर गर्न खोजेको बल विजयलाई लाग्दै गोलमा परिणत भएको थियो ।

आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । लिगको शीर्ष स्थानमा रहेको थ्री स्टारको २ खेलबाट ६ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा मनाङ दोस्रो स्थानमा छ ।