१२ मंसिर २०८१, बुधबार
अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकका अनुसार मामा नाता पर्नेबाट किशोरी बलात्कृत भएकी हुन् ।
किशोरी बेहोस अवस्थामा भेटिएपछि प्रहरीले उनको उद्दार गरेको थियो । किशोरीको बयान अनुसार मामा नाता पर्ने १७ वर्षिया किशोरलाई पक्राउ गरिएको हो ।
किशोरीले आफुमाथि सामूहिक बलात्कार भएको बयान दिएकी छन् । मुख र आँखा बन्द गरिदिएकाले अन्य व्यक्ति नचिनेको किशोरीको बयानमा उल्लेख छ ।