८ मंसिर २०८१, शनिबार
एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना ल्याएको छ।
योजना अन्तर्गत ग्राहकले आफ्नो रुचीको नम्बर खरीद गर्न सक्नेछन्। आफूलाई मन पर्ने अन्तिमका ६ वटा अंक रोजेर आफ्नो मोबाइल नम्बर लिन सकिने कम्पनीले जनाएको छ।
महत्त्वपूर्ण मिति वा नम्बरलाई सधैंका लागि आफ्नै मोबाइल नम्बरमा परिणत गर्ने अवसर प्रदान गर्न एनसेलले यो योजना ल्याएको हो। यो योजनाको मोबाइल नम्बर ९७०५ नम्बर रेन्जबाट शुरू हुनेछ।
सिधै एनसेल एप वा एनसेल वेबसाइटमा गएर ‘मेरो नम्बर, मेरै च्वाइस’ क्लिक गरि अनलाइन बुकिङ गर्न सकिनेछ। यस्तै, हाल प्रयोग गर्दै आएको मोबाइल नम्बरको पछिल्लो ६ अंक मिल्ने गरि नयाँ मोबाइल नम्बर पनि लिन सकिने भएको छ।
एनसेलका चिफ कमर्शिएल अफिसर उमेर मोहसिनले आफूलाई जीवरभर यादगार रहने नम्बरका आधारमा आफ्नै मोबाइल नम्बर रोज्न सकिने गरी विशेष योजना सञ्चालनमा ल्याइएको बताए। नौ लाखभन्दा बढी मोबाइल नम्बरबाट नम्बर उपलब्ध गराइने उनको भनाइ छ।