९ मंसिर २०८१, आईतवार
महिला विश्वकप क्रिकेटको उपाधिका लागि ईङ्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । दोस्रो सेमिफाईनलको खेलमा भारतलाई पराजित गर्दै ईङ्ल्याण्डले अष्ट्रेलियासंगको उपाधि भिडन्त पक्का गरेको हो । दोस्रो सेमिफाईनलमा ईङ्ल्याण्डले इन्डियालाई ८ विकेटले हरायो ।
१ सय १३ रनको लक्ष्य ईङ्ल्याण्डले १७ बल अगावै मात्र २ विकेट गुमाएर पुरा ग¥यो । एमी जोन्सले ५३ र नेटली साईवरले ५२ रनको अविजित ईनिङ्स खेलेपछि ईङ्ल्याण्डले सहज जित हात पारेको हो ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको भारत १ सय १२ रनमा अलआउट भएको थियो । भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ३४ रन जोडिन ।
भारतीय ईनिङ्स ध्वस्त बनाउने क्रममा नेटली साईवरले सर्वाधिक ३ विकेट लिईन् । वेस्ट इन्डिजलाई हराउँदै अष्ट्रेलिया यसअघिनै प्रतियोगिताको फाईनल पुगिसकेको छ । एजेन्सी ।