अहिलेसम्म ४१ वटा स्थानीय तहले ल्याए बजेट

होमल्याण्ड खबर

२०८१ असार ११ गते, सोमबार १३:१६ मा प्रकाशित

स्थानीय तहले असार १० गते बजेट ल्याइसक्नुपर्ने अन्तिम समय सिमा पनि हो । कानुनत प्रदेशले असार १ र स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ ।

अहिलेसम्म ४१ वटा स्थानीय तहले बजेट पेश गरेको तथ्यांक सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दर्ता गराएका छन् । ७१२ स्थानीय तहले बजे पेश गरिसकेका छैनन् । केहीले पेश गर्ने तयारी गरीरहेका छन् ।

बजेट ल्याउनेमा मधेश प्रदेशका ६ वटा स्थानीय तह, कोशीका ३ वटा, बागमतीमा ७ वटा, गण्डकीका १४ स्थानीय तहले बजेट पेश गरेका छन् । यस्तै लुम्बिनीको ४, कर्णालीको १ र सुदुरपश्चिमको ६ वटा गरी ४१ स्थानीय तहले बजेट ल्याउदैँछन् । ललितपुर महानगरपालिका २ बजे बजेट ल्याउदैँछ भने काठमाडौं महानगरपालिकाले केही बेरमा ल्याउने तयारी गरेको छ ।