९ मंसिर २०८१, आईतवार
ग्लोबल आईएमई बैंक र बयोधा अस्पतालबीच बिहीबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक– सञ्चालन उत्तम थापा र ग्लोबल आईएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रवीन्द्र ढकालले हस्ताक्षर गरेका थिए ।
ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरू ल्याइरहेको पनि जनाएको छ ।