शेयर बजार साढे ५ अङ्कले बढ्याे

होमल्याण्ड खबर

२०८१ असार १२ गते, मंगलवार १६:१३ मा प्रकाशित

शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, फाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा होटल, जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज ग्लोबल आईएमई बैंक डिबेन्चर २०८४/८५ र मकर जितुमाया हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साधना लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

बजार बढे पनि आज काराेबार रकम भने घटेकाे छ । हिजाे ५ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार भएकाेमा आज ३ सय १९ वटा कम्पनीका ९४ लाख ३५ हजार कित्ता शेयर ४ अर्ब १८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै आरएसडीसी लघुवित्त कम्पनीको १४ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।