प्रधानमन्त्री दाहालले नेपाल आइडल- ५ का विजेतालाई दिए गितार

होमल्याण्ड खबर

२०८१ असार १३ गते, बुधबार १०:३८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाई दिएका छन् । विजेता परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री दाहालले बधाई दिएका हुन् ।

प्रधानमन्त्री दाहालले निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गर्ने नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारलाई भेटेर बधाइ दिएकाे सचिवालयले जनाएकाे छ। साथै उनले करणलाई गितार गिफ्ट दिए ।

दाहालले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।