चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु

होमल्याण्ड खबर

२०८१ असार १३ गते, बुधबार १३:१८ मा प्रकाशित

चट्याङ्ग लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

दुवै जनालाई घर नजिक खेतमा जाने क्रममा चट्याङ्ग लागेको थियो । चट्याङ्ग लागेका दुवैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

मृतकको शव कपिलवस्तु अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने उनले बताए ।