पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड बन्द

होमल्याण्ड खबर

२०८१ असार १३ गते, बुधबार १३:५७ मा प्रकाशित

आज बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

इच्छाकामना-६, जलबीरेमा माथिबाट पहिरो खसेको छ । भने, पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।

प्रहरीका अनुसार पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ । भने, सडक, प्रहरी लगायतका टीमले सडक खुलाउने पहल गरिरहेको जनाइएको छ ।