नेप्सेमा दोहोरो अंकको गिरावट

होमल्याण्ड खबर

२०८१ असार १३ गते, बुधबार १५:२८ मा प्रकाशित

साताको पहिलो कारोबार दिन घटेर त्यसपछिका दुई दिन सामान्य अंकले बढेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।

आज ११.६० अंकले घटेर नेप्से परिसूचक दुई हजार ६०.१६ अंकमा समेटिएको छ । अघिल्लो साता चार कारोबार दिनमा एक दिन मात्रै तेस्रो कारोबार २.२७ अंकले बढेको नेप्से परिसूचक यो साताको सुरुमै पनि घटेको थियो । सोमबार ३.२१ अंक र  ५.६० अंक बढेको नेप्से आज पुन: घटेको हो ।

आज कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब ५ करोड ८० लाख रुपैयाँको ८७ लाख २७ हजार १६४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

हिजो ४ अर्ब १८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।