२१ भाद्र २०८३, आईतवार
सरकारले धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । सिफारिस समितिको आज बसेको बैठकले छनोट प्रक्रिया रद्द गरेको अर्थ मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा नै सहभागी नभएपछि यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा योग्यता पुगेका उम्मेदवारमध्ये तीनजनाभन्दा बढी संख्यामा समितिले सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो ।

