कर्मचारीहरुले बुझाए मन्त्री बास्कोटालाई पत्रः टेलिकम धरासायी नबनाउन आग्रह

होमल्याण्ड खबर

२०७५ मंसिर ७ गते, शुक्रबार १५:५९ मा प्रकाशित

नेपाल टेलिकमका कर्मचारीहरुले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नेपाल टेलिकमको वर्तमान अवस्थाप्रति चिन्ता एवं सरोकार राख्दै नेपाल टेलिकम वर्कर्स यूनियनमा आवद्ध कर्मचारीहरुले ध्यानकर्षण पत्र बुझाएका हुन् ।

उनीहरुको पत्रमा लेखिएको छ, ‘नेपालको आर्थिक, सामाजिक समृद्धिका लागि सबैखाले अप्ठ्यारा, विकटता र कठीन परिस्थितिमा पनि कम्पनीलाई सधैं उन्नतितर्फ अगाडि बढाउँदै आइरहेका सम्पूर्ण कर्मचारीहरु तथा त्यसको प्रतिनिधिमूलक संस्था ट्रेड युनियन, नेपाल टेलिकम वर्कर्स युनियन ९एनटीसीडब्लुयु० ले नेपाली नागरिकको नासोको रुपमा रहेको नेपाल टेलिकमको वर्तमान अवस्थाप्रति चिन्ता एवं सरोकार राख्दै नेपाल सरकार, कम्पनी सञ्चालक समिति एवं कम्पनी व्यवस्थापनको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

साथै उक्त पत्रमा ‘कम्पनीले वर्तमान प्रतिस्पर्धात्मक वातावरणमा जसरी उपयुक्त योजना छनौट र कार्यान्वयन, कार्यरत जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्दै जानुपर्ने तथा व्यावसायिक कौशलता प्रदर्शन गर्नुपर्ने हो, त्यसमा जिम्मेवार नेतृत्वको लापरवाही एवं स्वेच्छाचारिताले कम्पनी इतिहासकै कठीन मोडमा उभिएकोले कम्पनीमा देखिएका विभिन्न विषयहरुमा यथाशिघ्र ठोस निर्णय लिई कम्पनीको रक्षा गर्न जोडदार माग गर्दछौं ।’