८ मंसिर २०८१, शनिबार
भारतले १७ वर्षपछि दोस्रो पटक आईसीसी टी-२० विश्वकप उपाधि जितेको छ । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।
भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी २० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो ।