चार दिनमा १४ सय बढ्यो सुन

होमल्याण्ड खबर

२०८१ असार १८ गते, सोमबार १४:२९ मा प्रकाशित

चार दिनमा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ बढी हो ।

विगत ४ दिनदेखि सुनको मूल्य उकालो लागेको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार ८ सयमा कारोबार भएको सुन शुक्रबार १ लाख ४१ हजार ८ सय तथा आइतबार १ लाख ४२ हजार पुगेको थियो ।

चाँदीको भाउ भने स्थिर छ । प्रतितोला १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबारदेखि यहीं मूल्यमा कारोबार भइरहेको छ ।