बुधबार सुनको मुल्य बढ्यो

होमल्याण्ड खबर

२०८१ असार २० गते, बुधबार ११:१८ मा प्रकाशित

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ ।  यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।