प्रतिनिधिसभा सचिव अधिकारीले लिए शपथ

होमल्याण्ड खबर

२०८१ असार २० गते, बुधबार १३:४० मा प्रकाशित

प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनको कृषि हलमा बुधबार आयोजित समारोहमा सचिव अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन्।

अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए। सभामुख घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि सोमबार सिफारिस गरेका थिए।