९ मंसिर २०८१, आईतवार
भक्तपुरमा दिगो व्यवसायिक पर्यटन विकासका लागि सबैको सल्लाह सुझावले अगाडि बढ्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।
शनिबार भएको भिजिट नेपाल २०२० को संघारमा भक्तपुर नगरमा दिगो व्यवसायिक पर्यटनको विकास कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले भक्तपुर जिल्ला पर्यटकिय जिल्ला कै रुपमा परिचित जिल्ला भएको अब काम गरेर पर्यटन व्यवसायी दिगो विकास गर्नु पर्ने बताए ।
सरकारको अवधारणालाई टेवा र्पुयाउन आफ्नो नगरपालिकाले पर्यटकलाई ट्रेकिङ रुटको संभाव्यता अध्ययनको लागि १० लाख रुपैयाँ बजेट व्यवस्था गरेको बताउँदै उनले अब भक्तपुरमा पर्यटकहरुको लागि जिल्लामा पर्यटक सुचना केन्द्र, कल्चर सेन्टर, म्युजियम, भ्यू टावर जस्ता बनाउनु पर्नेमा जोड दिए ।
मेयर मिश्रले पर्यटकहरुलाई भक्तपुरमै केही दिन समय बिताउन सक्ने गरि पर्यटन महोत्सव, सांस्कृतिक बाजा परम्परागत नाचगानलाई व्यसायिक रुपमा विकास गर्नु पर्ने विचार व्यक्त गरे ।
प्रदेश ३ का सांसद सरस्वती वाटीले पर्यटन सम्वन्धी कार्यक्रममा आफूले सक्दो सहयोग गर्ने वचन दिइन् ।
पर्यटन विकास समिति भक्तपुरका अध्यक्ष राम सुन्दर भेलेले भक्तपुरमा पर्यटन विकासका लागि विभिन्न कार्यक्रम गरिँदै आएको र पर्यटन गुरुयोजना समेत तयार पारेको सो योजना कार्यन्वयन गर्न सवैको सहयोगको आहाव्वान गरे ।
राम गोपाल चगुठीले सभापतित्वको सम्पन्न कार्यक्रममा राम चन्द्र प्रजापतिले कार्यक्रम संचालन तथा स्वागत गरेका थिए ।