अख्तियारकी आयुक्त अमात्यको घरमा ललितपुर महानगरले चलायो डोजर

होमल्याण्ड खबर

२०८१ असार २० गते, बुधबार १६:५३ मा प्रकाशित

ललितपुर महानगरपालिकाले अख्तियार आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

मन्दिरको जग्गा मिचेको पाइएपछि चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल महानगरले डोजर लगाएर भत्काएको हो।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।