सुनको मुल्य तोलामा १६ सयले बढ्यो

होमल्याण्ड खबर

२०८१ असार २१ गते, बिहीबार १२:३६ मा प्रकाशित

सुनको मुल्यआज एकैदिन तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ रहेको सुनको मुल्य आज एक हजार छ सय रुपैयाँले बढेर एक लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ पुगेको छ ।