९ मंसिर २०८१, आईतवार
महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा बिहीबार झापा जिल्ला, दमक नगरपालिका–७, दमक बजारस्थित दमक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दमक शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दीप प्रज्वलनका साथ गरेका थिए ।
शाखा उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरूको आवश्यकतालाई उल्लेख्य रूपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरूमा पनि देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैंकिङ सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत गरे ।