९ मंसिर २०८१, आईतवार
आर्थिक वर्ष २०८१/८२ को पहिलो दिनमै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
मङ्गलवार बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको हो । जुन हालसम्मकै उच्च हो । अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।