मंसिर १५ गते काठमाडौंको टुडिखेलमा नेशनल इक्विस्ट्रेन च्याम्पियनसिप हुने

होमल्याण्ड खबर

२०७५ मंसिर १० गते, सोमबार १२:१४ मा प्रकाशित

नेशनल इक्विस्ट्रेन च्याम्पियनसिपको पाचौं संस्करण मंसिर १५ गते काठमाडौंको टुडिखेलमा हुनेभएको छ । प्रतियोगितामा हर्स टेन्ट पेगिङ, हर्स शो जम्प, हर्स हाई जम्प, क्रस बार जम्प महिला र हर्स शो जम्प महिला गरि पाँच बिधामा प्रतिस्पर्धा हुनेछ ।

नेपाल इक्विस्ट्रेन संघको आयोजना तथा राष्ट्रीय खेलकुद परिषद्को संयुक्त प्रयासमा हुन लागेको यो प्रतियोगितामा हर्स टेन्ट पेगिङ, हर्स शो जम्प र हर्स हाई जम्पको बिजेताले २० हजार, उपबिजेताले १५ हजार, तेस्रो हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् । क्रस बार जम्प महिलाको बिजेताले १० हजार रुपैयाँ नगद जित्नेछ । हर्स शो जम्प महिलाको बिजेताले १५ हजार तथा उपबिजेता र तेस्रो हुनेले १०र१० हजार नगद पुरस्कार जित्ने छन् ।

प्रतियोगितालाई जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रिजको वार्सटेइनर प्रिमियर जर्मन बियरले मुख्य प्रायोजन गरेको छ ।