शुक्रबार सुनको मुल्य घट्यो

होमल्याण्ड खबर

२०८१ श्रावण ४ गते, शुक्रबार १३:५४ मा प्रकाशित

आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।