९ मंसिर २०८१, आईतवार
एकै छानामुनि सय बढी प्रकारका मोबाइल, घरायसी उपयोगका इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने गरी नेपालगन्जमा पहिलो पटक अत्याधुनिक इलेक्ट्रोनिक्स शोरुम सञ्चालनमा ल्याइएको छ ।
नेपालगन्जको सेतु विक चोकमा अत्याधुनिक इलेक्ट्रोनिक्स शो रुम फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट सञ्चालनमा ल्याइएको हो । करिब एक करोडका लागतमा सञ्चालनमा ल्याइएको सो मार्टको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र फोरकास्टका सञ्चालक खिमलाल खड्काले शुभारम्भ गरेका छन् ।
“५० रुपैयाँदेखि २ लाख ५० हजारसम्मका इलेक्ट्रोनिक्स सामानहरू भरपर्दो सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी मार्ट सञ्चालनमा ल्याएका हौं,” फोरकास्टका प्रबन्ध निर्देशक अर्जुन खड्काले भने ।
एकै ठाउँमा सबै थरी मोबाइलदेखि घरायसी उपभोग्य इलेक्ट्रोनिक्स सामानहरू उपलब्ध गराउन सुविधासम्पन्न मार्ट सञ्चालनमा ल्याएको खड्काले बताएका छन् ।
फोरकाष्ट इलेक्ट्रोनिक्स मार्टका प्रबन्ध निर्देशक अर्जुन खड्काले नेपालगन्जमा इलेक्ट्रोनिक्स सामाग्रीहरूको हबका रूपमा फोरकाष्ट मार्टलाई विकास गरेको जानकारी दिँदै मागका आधारमा लगानी बढाउँदै लैजाने बताए ।