८ मंसिर २०८१, शनिबार
एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतको सामना गर्दैछ। खेल नेपाली समय अनुसार बेलुका ७:१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।
पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नु पर्नेछ। समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध सवा २ बजे खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।
पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि , पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ ।